धनगढी, ७ असोज ।
सरकारले फरक राजनितिक विचार र आस्था राखेकै आधारमा गैरन्याययीक रुपमा गिरफ्तार र धरपकड गरिरहेकोप्रति कैलालीका सरोकारवालाले आपत्ती जनाएका छन् ।
क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा कैलालीको संयोजनमा आईतवार धनगढीको होटेल विकासमा आयोजित ‘मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषय अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले जनताको अधिकार तथा जनजीविकाको बिषयमा आवाज उठाउनेहरुप्रति गरेको व्यावहार गैरराजनितिक भएको तर्क गरेका हुन् ।
उनीहरुले पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेताहरुमाथि भईरहेको धरपकड र गिरफ्तारी गलत भएको भन्दै सो पार्टीसँग राजनीतिक व्यावहार गर्न आग्रह गरे ।
कैलाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. पदमराज जोशीले विगतमा सँगै लडेका सहयात्रीहरु नै सरकारमा रहेका बेला अहिले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तामाथि धरपकड गरेको देख्दा आफुहरु अचम्मित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ठूलो क्रान्तिबाट आएका राजनीतिक दल सरकारमा छन् तर अहिले आएर यो मुलुक किन यस्तो भयो । किन आफ्नै सहयात्रीहरुलाई पक्राउ गर्ने र पुन समाउने गरिरहेको छ ?
आफुले सुरक्षा निकायका प्रमुखले पनि विप्लव नेतृत्वको नेकपासँग राजनितिक रुपमै बसेर समस्या समाधान गर्न सुझाव दिएको सुनेको भन्दै उहाँले तर सरकार त्यसतर्फ किन मौन बसिरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो ।
उहाँले जोशीले जनताको स्वतन्त्रपूर्वक बाच्न, हिड्न , पेशा व्यावसाय गरेर खान पाउने वातावरणको श्रृजना राज्यले गर्नुपर्ने पनि बताउनु भयो । उहाँले पछिल्लो समय बढीरहेको हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु न्युनिकरण गर्न र वास्तविक दोसी पत्ता लगाएर कानुनी कठघरामा उभ्यानुपर्नेमा जोड दिनुभयो ।
कन्चनपुरको भिमदत्तनगरकी १३ बर्षिय निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाका दोसीको राज्यकै पक्षबाट संरक्षण भईरहेको हो कि भन्ने आमजनताको चासो र आशंका बढीरहेका बेला बास्तविक दोली पत्ता लगाएर कानुनी कठघरामा ल्याउन जरुरी रहेको बताउनु भयो ।
उहाँले क्रान्तिकारी पत्रकार संगठनले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा देशका बिभिन्न स्थानमा सुरु गरेको अन्तरक्रियात्मक अभियानले जनतालाई आफ्नो अधिकारप्रति सचेत बनाउनका लागि र उत्प्रेरणा जगाउन मदत पुर्याउने भन्दै अभियानको सफलताको शुभकामना समेत दिनुभयो ।
यस्तै कार्यक्रममा राष्टिय मानवअधिकार आयोग प्रदेश ७ का प्रमुख झंंकर रावलले आफुहरु मानवअधिकारका विषयमा सचेत रहेको तर्क
मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरुसंग सधै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अहिले पनि मुलुकमा महिला अधिकार, स्वास्थ्य, सडक बाल अधिकार लगायतका विषय कमजोर रहेकाले यसलाई निरन्तर रुपमा उठाईरहन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस पब्लिक प्रध्यापक संघका पूर्वसभापति प्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दले पछिल्लो समय मुलुकमा हरेक क्षेत्र र वर्ग अहिले आन्दोलत बनेको चर्चा गर्नुभयो । उहाँले सरकारले समाजवादको कुरा गरिरहेपनि व्यावहारत त्यस्तो नहुँदा वकिल पत्रकार,डाक्टर, चालक लगायत सबै किन आन्दोलनमा आउने अवस्था बनेको बताउनु भयो ।
काल माक्सको विचार विश्वव्यापि नभएको र पत्रकारले त्यसमा महत्वपूर्ण भूमिका नखेलेको भए आज सम्म पनि मजदुर, तथा पिछडिएका वर्गले सामान्य अधिकार पनि पाउदैन थिए उहाँले भन्नुभयो, तर यहि अवस्था रहिरहे अझै पनि नेपाली जनताले पूर्ण अधिकार पाउने स्थीति छैन ।
यस्तै पब्लिक प्राध्यापक संघ,कैलाली बहुमुखी क्याम्पसका सचिव प्राध्यापक अम्बिकेश्वर जोशीले हरेक मुलुकमा संविधान र कानुन कति कार्यान्वयन हुन्छ भन्ने विषय जनता कति चेतनशील हुन्छन् भन्ने विषयमा निर्धारण गर्ने बताउनु भयो ।
अहिले राजनीतिक आस्था राख्नेप्रति सरकार अनुदार बनेको भन्दै उहाँले राजनीतिक आस्थाका आधारमा धरपकड गर्ने काम भईरहेको र यो गलत भएको बताउनु भयो ।उहाँले भन्नुभयो, अदालतले छोड्न भन्छ, प्रहरी च्याप्प समात्छ यो केहो ? हिजो यस्तै गरो भनेर लडेको होईन ? अहिले किन यस्तो ?
सोहि कार्यकममा बोल्दै अधिवक्ता तुलाराम गिरीले पत्रकारहरुले पेशगत मूल्यमान्यता र आचारसंहितालाई ख्याल गर्नुपनेृ बताउनु भयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विना मुलुकमा स्वतन्त्रता हुन नसक्ने उहाँको भनाई थियो ।
यस्तै अर्का अधिव्यक्ति नरेन्द्र शाहले सरकारले मानवअधिकार पालना गर्नुको साटो दमन गर्ने गरेकेा बताउदै भन्नुभयो, संविधानमा अधिकार दिन्छ तर सरकार कानुन बनाएर खोस्छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य विरबहादुर तिरुवाले जनजीविकाको मुद्धा र मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाउँदा जेल जानुपर्ने स्थिति रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, हाम्रो पार्टी नेकपाले मुलुकमा ब्याप्त भ्रष्टचार, हत्या हिंसा, बलात्कारको बिरोध गरेको छ, राष्ट्रियताको कुरा उठाएको छ, न्यूनतम आवश्यकताका कुरा उठाएको छ तर किन सरकारले हामी माथी धरपकड गरिएको छ ।
उहाँले अहिले स्वतन्त्र रुपमा शान्तिपूर्ण कार्यक्रम, सभा समारोह समेत गर्न नदिई नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, धरपकड बढाउने कार्य गरेकोप्रति आपक्ती जनाउनु भयो । उहाँले सर्वोच्च अदालत अभियोग प्रमाणित नभएपछि छाड्ने र सरकारले पुन आफैले बनाएको संबिधानको उल्लङघन गर्दै पुनः अदालत परिसरबाटै गिरफ्तार गरेर लैजाने कार्य लज्जजनक भएको बताउनु भयो । हुदै नभएका झुठा मुद्धा बनाएर नेता कार्यकर्तालाई पक्राउ गरेर वर्तमान सरकार र गृहप्रसासन फासीवादी बन्दै गएको बताउनु भयो ।
नेता तिरुवाले भन्नुभयो, देश टुक्राउने अभिव्यक्ति दिनेलाई राज्यले संरक्षण गर्छ तर राष्टियता, भ्रष्टाचार, अनियमितताको कुरा उठाउनेलाई जेल हाल्ने काम भईरहेको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश ७ का अध्यक्ष अर्जुन शाहले संविधानका विषयमा धेरै प्रश्न उठाउनु पर्दैन भनिरहदा कार्यान्वयनको चरणमा भने अहिले अत्यास लाग्दो, गञ्जागोल स्थीतिमा पुगेको बताउनु भयो ।संविधानमा धेरै कुरा प्रष्ट हुँदापनि आजका दिनसम्म आईपुग्दा स्वतन्त्र रुपमा आफ्नो कर्म गर्नुपर्ने बेला फेरी पछि फर्कनुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, हामीलाई देवानी तथा फौंजदारी संहिताले हामीलाई विचलित बनाएको छ । सरकारले प्रतिबद्धा जनाए अनुसार कानुन संसोधन नहुने भन्ने भएपछि आन्दोलनमा जानुपर्ने अवस्था छ ।
नेपाल राष्ट्रय प्राध्यापक संगठन केन्द्रीय सदस्य हरीचन्द्र कमलीले मानवअधिकार पनि आफू अनुकुल व्याख्या गर्ने काम भईरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, सरकार आफ्नै व्याख्यामा चलिरहेको छ, आफैले बनाएको संबिधान कार्यान्वयन गर्न सकिरहेको छैन । जनताले दुख भोगीरहेका छन् ।
उहाँले पछिल्लो समय सबै क्षेत्रमा आन्दोलन सुरु भएको तर्क गर्दै अब विप्लव नेतृत्व नेकपाले उठाईरहेको एकीकृत जनक्रान्तिभित्रको मानवअधिकार कस्तो हुन्छ ? भन्ने बिषय पनि महत्वपूर्ण बनेर आएको तर्क गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गर्नुभयो, कार्यक्रम सञ्चालन संगठनका महासचिव हिम विष्ट र स्वागत मन्तब्य क्रान्तिकारी पत्रकार संगठन,नेपाल कैलाली जिल्ला शाखा सचिव नरेन्द्र कार्कीले राख्नुभयो ।


