नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा, गैरकानुनी र गैरन्यायिक गिरफ्तारी अस्वीकार्यः प्रज्वल

नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा, गैरकानुनी र गैरन्यायिक गिरफ्तारी अस्वीकार्यः प्रज्वल

  • शनिबार, अशोज ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

काठमाडाैँ । 

नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डलगायतका शिर्ष नेताहरूकाे गिरफ्तारी विरुद्ध उपत्यका बन्दकाे घोषणा गरेकाे छ । प्रकाण्ड सहित पाेलिटब्युराे, केन्द्रिय सदस्य तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको हाे ।

गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपा उपत्यका विशेष ब्युरोले जनाएको छ ।

नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटकपटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गर्नुभएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’

नेता प्रज्वलले उपत्यका बन्द सफल बनाउन अाम जनसमुदायलार्इ सम्बोधन गर्दै अगाडि भन्नुभएकाे छ, ‘ओली सरकारले श्रमजीवी तथा उत्पीडित जनताको ढाड भाँचिनेगरी करवृद्धि गरेको छ । निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको छ ।

दुई तिहाइको दभ्ममा हुकिँदै गरेको यो मैमत्त फासिवादी सरकारले कमरेड प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध एवम् उहाँहरूको यथाशीघ्र स–सम्मान रिहाइको लागि यही असोज ७ गते, आइतबार उपत्यकाबन्दको कार्यक्रम घोषणा गरेको छ ,बिज्ञप्तीमा उल्लेख छ ।

बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायत सम्पूर्ण वर्ग, क्षेत्र, पेसाका जनसमुदायलाई ओली–प्रचण्डको फासिवादी रवैयाका विरुद्ध तथा कमरेड प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूको रिहाइको पक्षमा ऐक्यवद्धता जाहेर गर्न उपत्यकाबन्द भव्य र शानदार रूपमा सफल पार्न सहयाेगकाे अपिल पनि गर्नुभएकाे छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ