सर्वोच्च परिसरवाटै नेकपाका नेता कार्की र धमला पुनः गिरफ्तार, न्यायलयको खिल्ली उडाउँदै गृह(भिडियाेसहित)

सर्वोच्च परिसरवाटै नेकपाका नेता कार्की र धमला पुनः गिरफ्तार, न्यायलयको खिल्ली उडाउँदै गृह(भिडियाेसहित)

  • शनिबार, अशोज ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 30.4K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहनबहादुर कार्की र कृष्णप्रसाद धमलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

न्यायाधिशद्वय डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले पटक–पटक गिरफ्तार गरी थुनामा राख्नु कानुनसम्मत नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएपनि प्रहरीले न्यायालयको खिल्ली उडाउदै कार्की र धमलालाई सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार गरिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘निवेदकलाई प्रवृत्त भावना राखी थुनामा राख्ने कार्यलाई कानुनसम्मत मान्न मिल्ने नदेखिंदा थुनामुक्त गर्ने आदेश जारी गरिएको छ ।’ पटक–पटक पक्राउ गरी गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चेतन शर्माले रिहाइको माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्य रष्ट्रिारको रोहवरमा रिहा गर्न आदेश दिएको हो । रिहालगत्तै पक्राउ परेका नेता कार्की र धमलालाई संखुवासभा लाने तयारी गरिएको छ ।

त्यस्तै नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई आइतवार सर्वोच्चमा उपस्थित गराइने भएको छ भने केन्द्रीय सदस्य उमा भुजेल र आजादलाई पनि आइतवार नै सर्वोच्च मा उपस्थित गराइने भएको छ ।

निवेदकका तर्फबाट बरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ र एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, लक्ष्मण थपलिया, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी र राजु अधिकारीले बहस गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ