न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी

न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी

  • शुक्रबार, अशोज ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, असोज ५ । सत्तारुढ दल नेकपाले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशीविरुद्धमहाअभियोग ल्याउने तयारी गरेको छ ।

जोशीले न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी थालेको हो ।

महाभियोग प्रस्ताव ल्याउनकै लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । विवरण विना नै सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ ।

महाभियोग प्रस्ताव कहिले दर्ता गर्ने भन्ने प्रष्ट खुलाइएको छैन । सत्तारुढ नेकपाका एक सांसदले भने, ‘आज (शुक्रबार) पनि दर्ता हुन सक्छ, दर्ता गर्न आवश्यक हस्ताक्षर संकलन भइसकेको छ ।’

संविधान अनुसार एक चौथाइ सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन् । महाभियोग पारित गर्न भने दुई तिहाई सांसदको मत आवश्यक पर्दछ ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशी बिदामा बसेका थिए । नयाँ प्रधानन्यायाधीशको नियुक्तिसँगै जोशी पुनः सर्वोच्चमा फर्किएका हुन् ।

महाभियोग प्रस्ताव दर्ता भए जोशी स्वतः निलम्बनमा पर्नेछन् । प्रस्ताव दर्ता भएपछि महाभियोग लगाउने कारणबारे छलफल गर्नका लागि संसदमा समिति गठन हुन्छ । उक्त समितिले तयार पार्ने प्रतिवेदनमाथि प्रतिनिधिसभामा छलफल भई निर्णयार्थ पेस गर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ