सांसदहरुद्धारा विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

सांसदहरुद्धारा विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं असोज ४ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद खिमकुमार विकले स्वीस बैंकमा नेपालको अकूत सम्पत्ति रहेको पाइएकाले ठूलो मात्राको धनको खोजबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदयराज पौडेलले संविधान दिवसको शुभकामना व्यक्त गर्दै यसको सफल कार्यान्वयनमा सबैको सक्रियताको खाँचो औँल्याउनुभयो ।

यस्तै आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय सभाको सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘पारमाणि विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०७१’ लाई टेबुल गर्नुभएको छ ।

बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने तीन सदस्यलाई मनोनयनसमेत गरेको छ । सांसद कालीबहादुर मल्ल, रामलखन चमार र राधेश्याम अधिकारीलाई सदस्यमा मनोनयन गरेको हो ।

सङ्घीय संसद् अन्तर्गत गठन भएको संयुक्त समितिमा यसअघि प्रतिनिधिसभाबाट ११ जना सदस्य मनोनीत गरिसकेको छ ।

राष्ट्रियसभाले चार जना सदस्य उक्त समितिमा पठाउनुपर्नेमा अब एक जना सदस्यको नाम मनोनयन गर्न बाँकी रहेको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ