क्रान्तिकारी पत्रकार संगठन नेपालकाे बृहत अन्तर्क्रिया कार्यक्रम दाङमा सम्पन्न, कस्ले के भने ?(हेर्नुहाेस् भिडियाे)

क्रान्तिकारी पत्रकार संगठन नेपालकाे बृहत अन्तर्क्रिया कार्यक्रम दाङमा सम्पन्न, कस्ले के भने ?(हेर्नुहाेस् भिडियाे)

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

काठमाण्डाै, ४ भदाै ।

दाङका पत्रकार तथा अधिकारीकर्मीले सरकार मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्न खोजेको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा भएको अन्तरकृयामा सहभागि वक्ताहरुले अपेक्षा अनुसार संविधानले प्रत्याभूति गरेका अधिकारलाई कार्यान्वयनमा कामजोर देखिएको बताए ।
उनीहरुले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालागि फेरी आवाज उठाउनुपर्ने र आन्दोलित हुने पर्ने अवस्था आउनु दुखद रहेको बताए ।

कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशब कुमार शर्माले स्वतन्त्र प्रेसविना मानवअधिकारको रक्षा हुन नसक्ने बताउनुभयो । अहिलेपनि राज्यका निकाय मानवअधिकारप्रति जिम्बेवार बन्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले समाचार लेखेकै भरमा कुनैपनि पत्रकारमाथी धरपकड गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारले समाचार लेखेकै भरमा पक्राउ गर्ने तथा मुद्धा चलाउने कार्य आपत्तिजनक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रियासनले प्रेस स्वतन्त्रता विरोधी कानुनहरु संसोधन तथा खारेज गर्न माग गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले सरकार प्रेस प्रति अनुदार रहेपनि अब चाहेर पनि कसैले प्रेस स्वतन्त्रता खोस्न नसक्ने बताउनुभयो । उहाँले समाजवाद उन्मुख भन्ने राज्यले प्रेसमाथी दमन गर्ने कुरा विश्वास गर्न नसकिने बताउनुभयो । तर, अहिलेको दुईतिहाई सरकार भनिएपनि लरखराईरहेको टिप्पणी गर्नुभयो ।


अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ५ का संयोजक नारायण भण्डारीले सरकारले फरक विचार राख्नेविरुद्ध दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभयो । भण्डारीले शिक्षकहरुको अवस्था दयनिय रहेको र खानपनि नपुग्ने स्थिति रहेको भन्दै गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

पत्रकार नरेन्द्र केसीले अहिले सरकार फरक विचार र आस्था राख्नेप्रति अनुदार बन्न खोजेको बताउनुभयो । उहाँले मानवअधिकार रक्षाका लागि गभ्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले प्रेस तथा अभिव्यक्तिलाई अफ्ठेरो पार्ने कानुनहरुलाई संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

हिजोका दिनमा जटिलताकाबीचमा पनि पत्रकारिता गरेको तर अहिलेपनि खासै परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।

नेकपाका सचिवालय सदस्य किरण डाँगीले अहिले आफ्नो पार्टीलाई अहिले शान्तिपूर्ण कार्यक्रम समेत गर्न नदिइएको बताउनुभयो ।आफ्नो नेतृत्वलाई धरपकड गरिरहेको भन्दै कुनै कार्यक्रम गर्दापनि अनावश्यक निगरानी गरिरहेको बताउनुभयो ।


उहाँले सरकारबाट वार्ताको आव्हान भएपनि केका लागि भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने तथा अनुमानका भरमा सरकारले दुःख दिने काम गरेको बताउनुभयो । संगठनका अध्यक्ष प्रकाश डुम्रेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन संगठनका महासचिव हिम विष्टले गरेका थिए भने स्वागत मन्तव्य काेषाध्यक्ष जानकी चाैधरीले गरेकी थिइन् ।

हेर्नुहाेस् भिडियाेहरू 

https://www.facebook.com/sirjanatimsina11/videos/2111896059126246/?t=3

 

https://www.facebook.com/sirjanatimsina11/videos/2111908312458354/?t=6

 

https://www.facebook.com/sirjanatimsina11/videos/2111912839124568/?t=2

https://www.facebook.com/sirjanatimsina11/videos/2111915772457608/?t=4

https://www.facebook.com/sirjanatimsina11/videos/2111927869123065/?t=6

https://www.facebook.com/sirjanatimsina11/videos/2111931629122689/?t=4

https://www.facebook.com/sirjanatimsina11/videos/2111936572455528/?t=3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ