नेकपाका केन्द्रीय सदस्य खड्कामाथिकाे थुनछेक बहस जारी, यसरी लगियाे अदालत

नेकपाका केन्द्रीय सदस्य खड्कामाथिकाे थुनछेक बहस जारी, यसरी लगियाे अदालत

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 53K
    SHARES

४ असोज, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई अहिले  रूपन्देहि जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । उहाँमाथिकाे थुनछेक बहस  जारी छ । न्यायधिस हिमलाल बेल्वासे काे एकल र्इजलासमा इजलास नम्बर ५ मा बहस भइरहेकेा छ ।

बम विष्फोटको अभियोगमा गत भदौ ५ गते काठमाडौं जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि भन्दै अहिले रुपहन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालय गोलपार्कस्थित हिरासतमा राखिएको छ ।

उनलाई गिरफ्तारपछि भदौ ७ गते मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । खड्काले सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रहको आधारमा अभियोग लगाएको बताउँदै अस्वीकार गर्दै आइरहेका छन् । आफूले अहिलेसम्म झुठा अभियोग पत्रमा हस्ताक्षर नगरिएको र आफू निर्दोष रहेको बताएका छन् ।

उनीमाथि बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विष्फोट गरेर क्षति पुर्याएको अभियोग लगाइएको छ । उक्त दिन साउन २२ मा नेकपा प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेर सरकारले झुठा मुद्दा लगाएको विरोधमा नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो ।

गिरफ्तारपछि आफूलाई प्रहरीले अमानवीय यातना र चरम मानसिक तनाव दिएको खड्काले बताए । साथै उनले जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकोले राजनीतिक व्यवहार गर्न सरकारसँग माग समेत गरे ।

साथै उनले नेकपाका नेता कार्यकर्ताको दमन, हस्तक्षेप र गिरफ्तार तत्काल बन्द गर्न तथा झुठा मुद्दा फिर्ता गर्न पनि सरकारसँग हिरासतभित्रैबाट आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ