चीनका उपराष्ट्रपतिले प्रचण्डलाई भने–‘तपाइँ हाम्रो पुरानो कमरेड हुनुहुन्छ’

चीनका उपराष्ट्रपतिले प्रचण्डलाई भने–‘तपाइँ हाम्रो पुरानो कमरेड हुनुहुन्छ’

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, असोज ४ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग बुधबार भेट गरेका छन् ।

अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताएका थिए ।

मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाइ राजनीतिक स्थीरता निर्माण गरिएको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेरमात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको बताएका थिए ।

उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको दोहोर्‍याएका थिए ।

सो अवसरमा उपराष्ट्रपति सानले अध्यक्ष दाहालसँगको विगतका भेट स्मरण गर्दै भने–‘तपाइँलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । तपाइँ हाम्रो पुरानो कमरेड हुनुहुन्छ ।’

उपराष्ट्रपति सानले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ