राजपाले आज कालो दिनका रुपमा विरोध गर्ने

राजपाले आज कालो दिनका रुपमा विरोध गर्ने

  • बुधबार, अशोज ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, असोज ३ ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनतापार्टी राजपाले संविधान दिवसलाई भने कालो दिनका रुपमा विरोध गर्ने भएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएलगत्तै संविधान संशोधनको माग रोखेर चरणवद्ध आन्दोलन गरेको राजपाले तीन तहको निर्वाचनमा भाग लिएर सरकारलाई सर्मथन गर्दा समेत संिवंधानप्रतिको विरोध भने कायमै राखेको हो ।

राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले सरकारलाई समर्थन गरेपनि संविधानमा भने विरोध कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारलाई समर्थन गर्नु भनेको संविधानको समर्थन होइन, संविधान संशोधन गर्नुपर्ने हाम्रो माग यथावत छ ।

हामी तराई मधेशका सबै जिल्लामा विरोध प्रदर्शन र व्ल्याक आउट गर्छाैं । प्रदेश २ मा राजपा र संघीय समाजबादी फोरमको संयुक्त सरकार छ । तर राजपाले भने संविधानको विरोधमा दिउँसो २ बजेपछि विरोध कार्यक्रम राखेको छ ।

यद्यपी संघीय समाजवादी फोरमा भने दिवसलाई लिएर आन्तरिक विवाद देखिएको छ । सरकारमा समेत सामेल पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपन्द्र यादवले दिस मनाउने बताइरहँदा पार्टीका प्रादेशिक कमिटीले भने विरोध गर्नै जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ