काठमाडौं, असोज ३ ।
उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । छ दिने औपचारिक भ्रमणका लागि उहाँ आज बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने कार्यक्रम छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उनले भोली अन्तर्रा्ष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले भोली चीन भ्रमणका क्रममा उहाँले ‘एक क्षेत्र एक मार्ग’(बीआरआई)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
चीनमा रहँदा उहाँले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
उहाँले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर आगामी असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।