प्रदेश ३ को प्रदेशसभा बैठक आज

प्रदेश ३ को प्रदेशसभा बैठक आज

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, असोज २ ।
प्रदेश ३ को प्रदेश सभाले आज प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय पारित गर्ने कार्यसूची छ ।

दफावार छलफलपछि बनेको प्रतिवेदन आजको बैठकमा निर्णयार्थ पेश हुने प्रदेश सभा सचिवालयका सचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार, प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे सभामुखले जानकारी गराउनु हुनेछ ।

यस्तै प्रदेश प्रशासकीय कार्य्विधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे प्रदेश प्रमुखको कार्यलयको पत्रबारे पनि सभामुखले सभामा जानकारी गराउनुहुनेछ ।

हिजो नै पेश भएको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने सम्भावना रहेको सचिवालयले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ