प्रकाण्डलाई गैरकानूनी थुनाबाट मुक्त गर्न मागसहित सर्वोच्चमा पाँचौपटक बन्दी प्रत्यक्षीकरण रिट

प्रकाण्डलाई गैरकानूनी थुनाबाट मुक्त गर्न मागसहित सर्वोच्चमा पाँचौपटक बन्दी प्रत्यक्षीकरण रिट

  • आइतवार, भदौ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.3K
    SHARES

३१ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गैरकानूनी थुना मुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन फेरि दर्ता भएको छ ।

उक्त रिट प्रकाण्डका भाई वीरेन्द्र विश्वकर्माले आइतबार दर्ता गरेका हुन् । प्रकाण्डलाई सर्वोच्चको आदेशमा रिहा भएलगत्तै शुक्रबार साँझ सर्वोच्च परिसरबाटै गिरफ्तार गरी शुक्रबार राति सिन्धुली प्रहरीमा राखी हिजो शनिबार दिउँसो पौने १ बजे उदयपुर पुर्याइएको थियो ।

बन्दी प्रत्यक्षीकरण रिट दायर यो पाँचौ पटक हो । यसअघिका सबै बन्दी प्रत्यक्षीकरण रिटमा बहसपछि बन्दीलाई यथेष्ठ प्रमाण र वस्तुनिष्ठ आधारबिना थुना राखेर सरकारले गैरकानूनी कार्य गरेको ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।

आजको रिटमा प्रकाण्डलाई गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै थुनाबाट मुक्त गर्न माग गरिएको छ । उदयपुरमा नेता प्रकाण्डलाई कम विष्फोटको अभियोग लगाइएको छ । यसभन्दा पहिलेका काठमाडौं, काभ्रे, नुवाकोट, दाङलगायत जिल्लामा लगाइएको जबर्जस्त चन्दा संकलन, संगठित अपराध, बम विष्फोट, आगजनी अभियोगमा सफाई पाइसकेका छन् ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रकाण्डलाई गएको साउन २२ गते पार्टी कामको सिलसिलमा हेटौंडाबाट काठमाडौं आउँदै गर्दा काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ