नेकपा प्रवक्ता प्रकाण्डलाई उदयपुर लगिदै, नेतृ भुजेललाई दाङ पुर्याइयो

नेकपा प्रवक्ता प्रकाण्डलाई उदयपुर लगिदै, नेतृ भुजेललाई दाङ पुर्याइयो

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

३० भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता प्रकाण्डलाई उदयपुर लगिएको छ । सर्वोच्च अदालतले शुक्रवार रिहा गरेलगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी उहाँलाई उदयपुर लगिएको हो ।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै प्रवक्ता प्रकाण्डलाई राति नै उदयपुर लगिएको हो । यद्धपि अहिलेसम्म उदयपुर नपुर्याईएको जनाईएको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले यसै हप्ता दायर गरेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । तर उहाँलाई उदयपुरमा अर्को विष्फोट सम्बन्धी अभियोगको लगाएर पुनः गिरफ्तार गरिएको हो ।

गत साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौंडबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटकपटक गिरफ्तारीमा पर्दै आउनुभएको छ ।

उता, नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई दाङ पुर्याइएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै पुनः गिरफ्तार गरेको थियो ।

हिजै गाडीमा राखेर रातभर कुदाएर अहिले भर्खरै दाङको घोराहीमा पुर्याइएको हो । उनीमाथि दाङ प्रहरीले ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाइएको छ ।

पदमबहादुर भुजेलले दायर गरेको रिट निवेदनको सुनुवाईबाट रिहा भएको थियो । भुजेललाई यो तेस्रोपटक गिरफ्तार गरिएको हो ।
उनलाई यही भदौ १२ गते काठमाडौं वनस्थलीस्थित खरिबोटबाट आगजनीको अभियोगमा गिरफ्तार गरी काभ्रे लगिएकोमा उनी निर्दोष सावित भई पछि नुवाकोटमा आगजनीको अभियोगमा थुनामा राख्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ