प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दै

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, ३० भदौ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दैछ । राजधानीको बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ वजे वस्ने प्रतिनीधिसभामा आज विभिन्न विद्येयकहरु प्रस्तुत गर्ने कार्यसुची छ ।

बैठकमा गृहमन्त्री रामवहादुर थापाले वैयक्तिक गोपनियता सम्बन्धि विद्येयक प्रस्तुत गर्दे हुनुहुन्छ । यस्तै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको जातीय भेदभाव तथा छुवाछुत कसुर र संजाय सम्वन्धी विद्येयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी पहिलो संशोधन विद्येयक र वातावारण संरक्षण सम्वन्धी पहिलो संशोधन विद्येयक पनि प्रस्तुत हुँदैछ ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मिना पाण्डेले सामाजिक सुरक्षा विद्येयक समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सदस्य मान वहादुर विश्वकर्माले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी विद्येयक पनि पेश गर्नुहुनेछ ।

यसैगरि राष्ट्रियसभा वैठक समेत आजै बस्दैछ । वैठकमा विभिन्न विद्येयकहरुबारे छलफल हुने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ