नेकपा प्रवक्ता प्रकाण्डको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा बहस शुरु

नेकपा प्रवक्ता प्रकाण्डको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा बहस शुरु

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

२९ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को हकमा दर्ता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस शुरु भएको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले यसै हप्ता दायर गरेका रिटमाथि बहस शुरु भएको हो ।

गत साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौंडबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटकपटक गिरफ्तारीमा पर्दै आइरहेका प्रवक्ता प्रकाण्डलाई पछिल्लो पटक भोजपुर जिल्ला अदालतरिसरबाटै गिरफ्तारी अर्को अभियोगमा दाङ जिप्रका हिरासतमा राख्दै आएको छ । यसअघि विभिन्न अभियोगामा काठमाडौं, काभ्रे, नुवाकोट र भोजपुर घुमाइसकेका छन् ।

सर्वोच्चकै आदेशबमोजिम बहसमा उपस्थित गराउन प्रकाण्डलाई हिजै बुधबार दाङबाट आन्तरिक उडानमार्फत काठमाडौं ल्याइएको थियो । बन्दी प्रत्यक्षीकरण रिट यो चौथो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ