सत्तारुढ नेकपाको बैठक आज पनि बस्दै 

सत्तारुढ नेकपाको बैठक आज पनि बस्दै 

  • बिहिबार, भदौ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, २७ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ ।
अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा छलफल हुने छ ।
यसअघि हिजो बसेको बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । उक्त प्रतिवेदनमाथि आज छलफल हुने छ ।
आजको बैठकले अध्यक्षद्वयले गरेको एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ