सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित, आजै अपरान्ह बस्ने

सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित, आजै अपरान्ह बस्ने

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २७ भदौ ।

पार्टीको तल्लो कमिटिको एकता प्रक्रियामा देखिएको समस्या तथा सरकारको कामकारबाही लगायतका बिषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आजका लागि बोलाएको छ ।

बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ३ बजेपछि बस्नेछ ।

बिहान ११ बजेका लागि बैठक बोलाईएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्ताताका कारण अपरान्हका लागी सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया नटुंगीएपछि त्यसको स्पष्ट मापदण्ड बनाउन बैठक बोलाइएको हो ।

मुख्य गरी जिल्ला कमिटिको एकीकरणमा नेकपा भित्र समस्या देखिएको छ । त्यस्तै आजको बैठकमा सरकारको कामकारबाहिका बिषयमा पनि छलफल हुने प्रधनमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकारका मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टी भित्रै चर्को असन्तुष्टी भएपछि नेकपाले सचिवालय बैठकमै त्यसको समिक्षा गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ