नेकपाका केन्द्रीय सदस्य के.सी. तेस्रोपटक गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य के.सी. तेस्रोपटक गिरफ्तार

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

२६ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज टेकबहादुर के.सी. ‘आजाद’लाई प्रहरीले आज पुनः गिरफ्तार गरेको छ ।

आज काठमाडौंको डिल्लीबजारस्थित कारागारबाट रिहा गरेलगत्तै उहाँलाई पुनः गिरफ्तार गरी काभ्रेको सदरमुकाम धुलिखेल लगिएको छ । अदालतले तोकेको धरौटी बुझाएपछि रिहा भएका थिए । तर रिहा गरेर परिवारको जिम्मा लगाएलगत्तै कारागार परिसरबाटै प्रहरीले गिरफ्तार मंगलबार दिउँसो गरिएको हो ।

यही भदौ ४ गते आइतबार भक्तपुरबाट साँझ पक्राउ गरिएका उहाँलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोबेला पनि रिहालगत्तै गिरफ्तार गरिएको थियो ।

महानगरीय प्रहरी भक्तपुरको जगातीस्थित वृत्तमा राखिएकोमा उनलाई धरौटी नबुझाएको भन्दै भदौ २३ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।

केन्द्रीय सदस्य आजादको यो तेस्रोपटक गिरफ्तारी हो । पछिल्लो समयमा सरकारले नेकपाका नेता र कार्यकर्तामाथि धरपकड र दमन श्रृंखलालाई बढवा दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ