अझै रोकिएन गिरफ्तारी श्रृंखला, रिहालगत्तै सर्वोच्च परिसरबाटै कार्की र धमला पुनः गिरफ्तार (भिडियोसहित)

अझै रोकिएन गिरफ्तारी श्रृंखला, रिहालगत्तै सर्वोच्च परिसरबाटै कार्की र धमला पुनः गिरफ्तार (भिडियोसहित)

  • सोमवार, भदौ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.5K
    SHARES

२५ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई सर्वोच्च अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि भएको सुनुवाईमा न्यायाधिश तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै महानगरीय काठमाडौं प्रहरी परिसर टेकुबाट आएको टोलीले साँझ ७ बजेर १८ मिनेट जाँदा सर्वोच्चपरिसरबाटै गिरफ्तार गरी मोवाइल भ्यानमा राखेर लगेको हो । भ्यान नम्बर बा १ झ ७८४७ हो ।

नेताद्वयलाई पक्राउ पूर्जी थमाएर गिरफ्तार गरेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी आजै दाङ प्रहरीलाई जिम्मा लगाउने स्रोतले जनायो । कार्की र धमलामाथि नुवाकोट प्रहरीले लगाएको आगजनीको अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै रिहा मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।

उनीहरुलाई अदालतपरिसरबाटै गिरफ्तार गरेको यो दोस्रोपटक हो । यसअघि नेताद्वयलाई काभ्रे प्रहरीले क्रसर उद्योगमा ‘आगो लगाएर संगठित अपराध’ अभियोगमा थुनामा राख्दै आएको थियो । तर सो अभियोगलाई पनि सर्वोच्चले अप्रमाणित ठहर गर्दै भदौ १८ गते थुनामुक्त गरिदिन आदेश दिएको थियो । त्यो बेला पनि रिहालगत्तै परिसरबाट गिरफ्तार गरी नुवाकोट पुर्याइएको थियो ।

नुवाकोट प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग राखेर धमला पुत्र चेतन शर्माले दोस्रोपटक बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

आजको आदेशपत्रले नेकपाका नेता कार्यकर्तालाई सरकारले राजनीतिक प्रतिशोधबाट मुद्दा चलाएको ठहर गरेको छ । आदेशपछि जारी संक्षिप्त आदेशपत्रमा सरकारले पटकपटक गरिएको गिरफ्तारीलाई सर्वोच्चले ‘राजनीतक प्रतिशोध’ भनिएको छ । साथै नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई आदेशले संविधानबमोजिम संचालित राजनीतिक पार्टीको रुपमा व्याख्या गरेको छ ।

आदेशको दोस्रो पृष्ठको दोस्रोमा ‘संविधान बमोजिम राजनीतिक गतिविधि संचालन गरेका राजनीतिक पार्टीका कार्याकर्तालाई राजनीतिक प्रतिशोधको आधारमा प्रवृत्त भारणा राखी पूर्वाग्रही भई फौजदारी एवं राज्यविरुद्धका मुद्दाहरु लगाइरहन उचित हुँदैन’ उल्लेख छ ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ