राजपा अध्यक्ष मण्डलको बैठक आज, महाधिवेशन तयारीदेखि संविधान संशोधनसम्म छलफल हुने

राजपा अध्यक्ष मण्डलको बैठक आज, महाधिवेशन तयारीदेखि संविधान संशोधनसम्म छलफल हुने

  • सोमवार, भदौ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ, २५ भदौ ।
संविधान संशोधन, महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दै छ ।

बैठकमा मुख्यतः जिल्ला अधिवेशनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । जिल्ला समितिलाई पठाउनुपर्ने पत्र २ महिनाअघि तयार भए पनि अहिलेसम्म पठाइएको छैन ।

पार्टी केन्द्रले जिल्लालाई पत्र पठाएपछि मात्र जिल्ला अधिवेशनको तयारी हुने भए पनि रोकिएको कारण आजको बैठकले यसबारे टुंगो लगाउने सम्भावना छ । जिल्ला अधिवेशन नै नभए केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुने देखिएपछि अध्यक्ष मण्डलको बैठकले ठोस निर्णय लिन लागेको हो ।

यस्तै बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने जानकारी नेताहरूले दिएका छन् । प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा चाँडै संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । तर, कहिलेसम्म प्रक्रिया सुरु गर्ने भन्नेमा दुवै पक्ष प्रस्ट छैनन् । संविधान संशोधनका विषयमा के गर्ने भन्नेबारे छलफल हुने राजपाका नेताले जानकारी दिए ।

यसैबीच राजपाभित्र संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा लिने कि नलिने भन्नेमा भने प्रस्ट धारणा बनेको छैन । यसबारे पनि आज छलफल हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ