रोल्पामा अाफ्ना कार्यकर्ताको हत्या गर्ने सत्ताधारी नेकपाका कार्यकर्ता भएको दाबी गर्दै कांग्रेसले निकाल्याे यस्ताे विज्ञप्ती 

रोल्पामा अाफ्ना कार्यकर्ताको हत्या गर्ने सत्ताधारी नेकपाका कार्यकर्ता भएको दाबी गर्दै कांग्रेसले निकाल्याे यस्ताे विज्ञप्ती 

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडाैं, २४ भदाै ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल तरुण दलका लिवाङ नगर समितिका अध्यक्ष रोहित पुनलाई गोली हानेर हत्या सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेकेा हाराेप लगाएकाे छ ।

आइतबार विज्ञप्ति जारी गरेर का‌ंग्रेसले पूर्वमाओवादी केन्द्रका कार्यकर्ता समेत रहेका देवबहादुर घर्ती मगरले रोहितलाई गोली हानेर हत्याको जनाएको हो ।

‘रोल्पाको लिवाङ नगर समितिका तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आइतबार अपरान्ह साढे चार बजे तत्कालीन माओवादी केन्द्रका देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

गोली हानी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यस्ता अपराधिक क्रियाकलापको घोर भर्त्सना गरेको छ ।

नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको स्थानमा रोहित पुनको हत्या हुँदा पनि हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएको छ । प्रहरीले सत्ताको दवावमा शान्ति सुरक्षा नदिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रहरीले तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद् भएको जनाएको छ ।

हेर्नुहाेस बिज्ञप्ती।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ