प्रकाण्डमाथि लगाइएको झुठा आरोप खारेज गरः नेकपा

प्रकाण्डमाथि लगाइएको झुठा आरोप खारेज गरः नेकपा

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

२३ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि राज्यले लगाएको झु्ठा मुद्दा खारेज गर्न माग गरेको छ ।

न्यायालयले दिएको पटकपटकको रिहाई आदेशको उल्लंघन गर्दै सरकारले पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई अदालत परिसरबाटै राज्यले घरिघरि गिरफ्तार गरेर झुठा अभियोगमा मुद्दा लगाउने तयारी गरेको भन्दै खारेज गर्न माग गरेको हो ।

पाँचौं पटकको भोजपुर जिल्ला अदालत परिसरबाट गिरफ्तार गरी अर्को अभियोगमा दाङ पुर्याइएका प्रकाण्डलाई असम्बन्धित घटनामा मुद्दा लगाउने हर्कत नगर्न सरकारलाई नेकपा दाङले चेतावनी दिएको छ । दाङ सेक्रेटरी विक्रमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘केपी–प्रचण्ड मण्डलीको गृह प्रशासनले आफ्नै अदालतको आदेशलाई पटपकटक लत्याएर राजनीतिक पूर्वाग्राहसाथ पार्टीका प्रवक्ता प्रकाण्डलाई झुठा अभियोगमा दाङ ल्याएर राखेको’ बताएका छन् ।

कपोलकल्पित र झुठा अभियोगमाथुनामा राखिएका नेता प्रकाण्डलाई उक्तअभियोग खारेज गरी तत्काल स-सम्मान रिहागर्न उनले माग गरेका छन् । नेकपाको नेतृत्वमा नेपाली जनताले उठाएको क्रान्तिलाई कुनै तागतले रोक्ननसक्ने उल्लेख गर्दै केन्द्रीय सामाजिकदलाल सरकारको भडकावमा परी दमननउत्रन र नेताहरुमाथि झुठा मुद्दा नलगाउनजिल्लाको प्रहरी प्रशासनलाई आग्रहगरिएको छ ।

राजनीतिक क्रान्ति गर्ने जनताको अधिकार भएको समेत विज्ञप्तिमा प्रष्ट पारिएको छ । झुठा आरोप लगाएर प्रमाणित गर्न खोज्नु सरकारको निन्दनी र हस्यास्पद कदम भएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ