प्रचण्डको भारत भ्रमण राजनीतिक मुद्दामा केन्द्रित, आज मोदीसँगको भेटमा यस्तो भयो छलफल

प्रचण्डको भारत भ्रमण राजनीतिक मुद्दामा केन्द्रित, आज मोदीसँगको भेटमा यस्तो भयो छलफल

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ, २३ भदौ । भारत भ्रमणमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ ।

नयाँदिल्लीको लोकमान्य मार्गस्थित मोदी निवासमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले दिल्ली प्रस्थानअघि आफ्नो भ्रमण राजनीतिक भन्दा आर्थिक र द्धिपक्षीय सम्बन्धमा केन्द्रित रहने बताएपनि उहाँको उच्चस्तरीय भेटघाट विशेषगरी राजनीतिक मुद्दामा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

मोदीसँगको भेट लगत्तै उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि आजै भेटवार्ता गर्नुभएको छ ।
यसअघि पूर्व प्रधानमन्त्री समेत ररहनुभएका प्रचण्डले भारतका गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसगँ ‘वान इन वन’ भेट गर्नु भएको थियो ।

दाहाल आजै साँझ भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनको डिनर भेटमा समेत सहभागी हुनेछन् । भातको तीन दिने भ्रमणमा दिल्ली आएका दाहालको भोलि मध्याह्न नेपाल फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ