काठमाडौं, २२ भदाै । नेपाल कम्युनिष्ट पार्टीका नेतृ उमा भुजेल ‘शिलु’लाई सर्वाेच्च अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरेकाे छ ।
गैरकानूनी रुपमा सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखी बन्दी बनाएको भन्दै रिहा गर्न माग राखेर दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ गर्दै सर्वाेच्चले नेतृ भुजेललाइ रिहा गर्न अादेश दिएकाे थियाे ।
तर लगत्तै सर्वाेच्च परिसरबाटै प्रहरीले उहाँलार्इ पुनः गिरफ्तार गरि नुवाकाेट लगेकाे हाे । उहाँलाइ बा १ झ ७८ ४७ नम्बरकाे गाडिमा राखेर लगिएकाे छ ।
सर्वोच्चले भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियाे ।
न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज अदालतको मुख्य रजिष्ट्रार भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नु ।”
क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई यही भदौ १२ गते बालाजुबाट पक्राउ गरिएको थियो भने अनुसन्धानका लागि म्याद थप जिल्ला अदालत काभ्रेबाट गरिएको थियो ।
भुजेललाई झुठा आरोप झुठा आरोप लगाएर गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
सोही रिटको सुनुवाइपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।
हेर्नुहाेस् भिडियाे ।
https://www.facebook.com/sirjanatimsina11/videos/2104934789822373/?t=8