२२ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेतृ उमा भुजेल ‘शिलु’लाई रिहा गर्न माग गर्दै परेको बन्दिप्रत्यक्षिकरणको मुद्दामा अहिले सर्वोच्च अदालत रामशाह पथमा बहस जारी छ ।
गैरकानूनी रुपमा सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखी बन्दी बनाएको भन्दै रिहा गर्न माग राखेर दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज बहस शुरु भएको हो ।
बहसमा अहिले रिट निवेदक पक्षका वकिलहरुले भाग लिइरहेका छन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलास नम्बर ९ मा भइरहेको हो ।
नेकपाका पेलिटब्यूरो सदस्य (पीबीएम) भुजेलको हकमा प्रतिमा भुजेलले रिट दायर गरेका गर्नुभएको थियो ।
नेतृ भुजेललाई यही भदौ १२ गते काठमाडौं वनस्थलीबाट गिरफ्तार गरिएको थियो ।
भुजेललाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राख्दै आएको छ । बहससकेपछि आजै सुनुवाई आदेश हुने जनाइएको छ ।