प्रकाण्डलाई गिरफ्तारको झण्डै ४० घण्टा बितिसक्दा पनि दाङ पुर्याइएनन्

प्रकाण्डलाई गिरफ्तारको झण्डै ४० घण्टा बितिसक्दा पनि दाङ पुर्याइएनन्

  • शुक्रबार, भदौ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 57.4K
    SHARES

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकण्ड’लाई दाङ लैजान भनी भोजपुर जिल्ला अदालतपरिसरबाट बुधबार साँझ ६ बजे गिरफ्तार गरिएपनि अझै दाङ पुर्याइएको छैन ।

दाङमा अर्को मुद्दा परेको भन्दै रिहालगत्तै प्रहरीले गिरफ्तार गरी कब्जामा लिएको ४० घण्टा बितिससकेको छ । त्यो गिरफ्तारबारे भोजपुरमा संचारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा प्रकाण्डले आफूलाई दाङमा पनि मुद्दा रहेको बताएर प्रहरीले फेरि गिरफ्तार गरेको प्रतिक्रिया दिनुभएको थियो । ।

त्यसपछि उनलाई परिसरबाटै प्रहरीले घेरा हालेर लगेका थिए । पुनः गिरफ्तारबारे सुरक्षा अधिकारीले भने खास कुरा खुलाउन चाहेका थिएनन् । ‘माथिको आदेश अर्थात गृहमन्त्री रामबहादुर थापा ‘बादल’को मात्र बताएका थिए ।
भोजपुरको गिरफ्तार प्रकाण्डको पाँचौं पटकको गिरफ्तारी हो । उहाँलाई आज शुक्रबार बिहान १० बजेसम्म पनि दाङ पुर्याइएको छैन । यसबारे दाङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णहरि शर्माले प्रकाण्डलाई दाङ ल्यायो भन्ने समाचारा सत्य नभएको बताउनु भयो । ‘भोजपुरबाट यहाँ पठाइएको भनेर मिडियाबाटै सुनिएको हो । तर अहिलेसम्म ल्याइपुर्याएका छैनन्’ एसपी शर्माले भन्नुभयो, ‘टाढाको बाटो छ, ल्याउँदै होलान् ।’

स्रोतका अनुसार प्रकाण्डविरुद्ध दाङमा यसअघि दर्ता भएको मुद्दा भने नरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ