प्रचण्डद्धारा बिहिवारबाटै नयाँदिल्लीमा भेटवार्ता सुरु, काठमाण्डौबाट उड्नुअघि के भने ?(भिडियोसहित)

प्रचण्डद्धारा बिहिवारबाटै नयाँदिल्लीमा भेटवार्ता सुरु, काठमाण्डौबाट उड्नुअघि के भने ?(भिडियोसहित)

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ, २१ भदौ ।
तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आजैबाट राजनितिक भेटवार्ता सुरु गर्नुभएको छ ।
प्रचण्डले साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नु भयो । डोभल भारतको सुरक्षा तथा विदेश मामिलामा प्रभावशाली मानिनहिुन्छ ।
भोली (शुक्रबार) बिहान उहाँले गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्ने र ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुने कार्यक्रम छ ।
त्यहाँ उहाँले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा संबोधन गर्नुहुनेछ । यसैगरी शनिबार साँझ अध्यक्ष दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको पनि जनाइएको छ ।
दिल्ली बसाइक्रममा उहाँले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसाग पनि भेटघाट गर्ने कार्यक्रम छ । दिल्लीस्थित विश्लेषकहरूले दाहालको भ्रमण आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गर्न र भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरेका छन् ।
नयाँदिल्ली उडनुअघि प्रचण्डले त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने प्रतिकृया दिनुभयो ।

हेर्नुहोस् भिडियोमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ