२१ भदौ, भोजपुर ।
नेपाल कम्युनिस्ष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हिजो बुधबार साँझ भोजपुर जिल्ला अदालतले रिहा गरिदियो । उनलाई रिहा गर्दा साँझ झण्डै साढे ६ बजेको थियो ।
त्यतिबेला अदालत परिसरमा रिहाई आदेशको खबर सुनेर बाक्लो मात्रामा संचारकर्मी समाचार मसलाका लागि उस्थित भइसकेका थिए । कोही समाचार संकलन तथा कोही तस्बीर खिच्नका लागि । सबैजसो क्यामेरा सोझ्याएर बसिरहे ।
प्रकाण्ड प्रहरीकै घेराबीच प्रकट हुने अनुमान त्यहाँ उपस्थित पत्रकारहरुले पहिल्यै अनुमान गरेकै थिए । किनकि उनलाई प्रहरी पुनः गिरफ्तार गर्ने तयारी भइरहेको खबर उनीहरुले प्राप्त गरिरहेकै थिए ।
त्यसकारण प्रहरीले उनलाई घेराबीचमै राखेर ल्याउनेछन् भन्ने अनुमान लगाउन मामुली विषय थिएन । नभन्दै नेकपाका स्थायी समितिका सदस्य समेत रहेका प्रवक्ता प्रकाण्ड हतियारधारी प्रहरीको घेराबिचबाट अदालत परिसर बाहिर निस्किए ।
परिसरबाहिर प्रतिक्रियाका लागि बसिरहेका पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिए । पत्रकारहरुले उनको तस्बीर कुनै न कुनै माध्यमबाट लिए । धेरैले भिडियो पनि खिचे ।
रिहालगत्तै आफूलाई अर्को अभियोगमा प्रहरीले दाङ लैजान खोजेको र अहिलेसम्म ठीकै रहेको र समाचार सहयोगका लागि पत्रकारहरुलाई धन्यवाद समेत दिए प्रकाण्डले । उनलाई हेर्न र भेट्न सर्वसाधारणको समेत बाक्लै उपस्थिति थियो ।
त्यसबेलाको माहोल निराश र तनावपूर्ण भन्दा सहज र सामान्य परिस्थिति जस्तो देखियो । त्यो देखेर उपस्थितहरुमाभ्m त प्रकाण्ड प्रवक्ता ‘विप्लव हो कि सरकारको हो ?’ भनेर चर्चा समेत भयो । प्रवक्ता सरकारको नभएपनि उनीसँग समाचार बन्न लायक थुप्रै सामाग्री देखेका थिए, छन् संचारकर्मीले । त्यसकारण पनि पत्रकारको ओइरो लागेका हुन् । यसमा कारण करण वा अकरण जे होस् । अझ प्रकाण्डलाई प्रहरीले घेरा हालेर अगाडि बढाइरहँदा एकजना पत्रकारले त ‘प्रकाण्डमय भयो भोजपुर त गाँठे’ टिप्पणी गरे ।
टिप्पणीले माहोललाई थप रोमान्टिक बनाउन मद्दत पुर्याएको थियो । नपत्याए भिडियो हेर्न र सुन्न सक्नुहुन्छ ।
भिडियो: