प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि ४ उजुरी, आइतबार बस्नै बैठकमा छलफल हुने

प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि ४ उजुरी, आइतबार बस्नै बैठकमा छलफल हुने

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ, २१ भदौ ।

प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रको नाममा चारवटा उजुरी परेको संसद् सचिवालयले जनाएको छ ।

संसदीय सुनुवाइ समितिले तोकेको १० दिनको समयमा उक्त उजुरी परेको हो । उजुरीमाथि आइतबार बस्ने समितिको बैठकले कारवाही अगाडि बढाउने सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताउनु भयो ।

संवैधानिक परिषद्ले ७ भदौमा वरिष्ठताका आधारमा मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्रलाई सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले जोशी, मिश्र र चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको थियो । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष काम गरेको हुनुपर्छ ।

१५ सदस्यीय संसदीय सुनुवाइ समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने’ नियमावली उल्लेख छ । समितिका १५ मध्ये १० जना सदस्यले प्रस्तावित नाम अस्वीकृत नगरेमा संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ ।

तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएमा प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ