कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक साता पछि सर्यो, यस्तो छ कारण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक साता पछि सर्यो, यस्तो छ कारण

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, भदौ २१ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एक साता पछि सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण एक साता पर धकेलिएको हो ।

बैठक अब आगामी भदौ २८ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफलमा लागि बैठक बोलाइएको थियो ।

सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ