नेकपाका अध्यक्ष दाहाल आज नयाँदिल्ली जाँदै,

नेकपाका अध्यक्ष दाहाल आज नयाँदिल्ली जाँदै,

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, भदौ २१ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ अपरान्ह ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेटवार्ता गर्नु हुनेछ ।

यस्तै उहाँले आर्इ्सिडब्लुएले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका प्रचण्ड सुरुमा भारत जान लाग्नु भएको हो । उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको थियो ।

भारत र चीनको भ्रमण विकास र समृद्धिका एजेण्डामा केन्द्रीत हुने अध्यक्ष दाहालले बताउनु आउनु भएको छ । उहाँले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताउँदै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ