२० भदौ, काठमाडौं ।
आगजनीको अभियोगमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहा गर्न भोजपुर जिल्ला अदालतले आदेश दिएको छ ।
बुधबार भएको थुनछेकको बहस सकेपछि न्यायाधीश हरिषचन्द्र इङनामको इजलासले तत्काल रिहा गर्न आदेश दिएको हो ।
यसै मुद्दामा यसअघि नेकपाका पोलिट ब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’लाई गिरफ्तारीपछि भएको बहसमा अदालतले धरौटी लिई रिहा गरिएको थियो । तर अर्को अभियोगमा राईलाई गएको असार १६ गते काठमाडौ्रंको नेपालटारबाट गिरफ्तार गरी हाल संखुवासभाको जिप्रका हिरासतमा राख्दै आएको छ ।
प्रकाण्डलाई आगजनीको झुठा अभियोगमा भदौ ७ गतेदेखि नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा बन्दी बनाइराखेको बेला बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसमा सुनुवाई गर्दै नुवाकोट जिल्ला अदालतको रोहवरमा रिहा गर्न आदेश दिएलगत्तै अर्को अभियोगमा विदुरबाटै गिरफ्तार गरी भदौ १९ गते भोजपुर लगिएको थियो ।