मन्त्री हेरफेर गर्ने अाेली- प्रचण्डकाे तयारी, गृहमन्त्रीबाट बादल हट्ने सम्भावना !

मन्त्री हेरफेर गर्ने अाेली- प्रचण्डकाे तयारी, गृहमन्त्रीबाट बादल हट्ने सम्भावना !

  • बुधबार, भदौ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

काठमाणडाै, २० भदाै ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले सरकारमा पठाएका मन्त्री हेरफेरकाे तयारी गरेकेा छ । कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हेरफेरको तयारी गरेको  स्राेतले जनाएकाे छ ।

साेहि बिषयमा अध्यक्षद्वय केपी अाेली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’बी छलफल पनि भएकाे स्राेतले जनाएकाे छ ।सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी रूपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरूको हेरफेर गर्ने तयारी भएको हो ।

साे बारे अध्यक्ष दाहालले मंगलबार आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको  र  अावश्यक कदम चालिकाे खुलासा गर्नुभएकाे हाे ।

उक्त छलफलमा प्रचण्डले भन्नुभयाे  ‘हामी दुई अध्यक्षले सरकार र पार्टी एकताको गम्भीर रूपमा समीक्षा गर्न सुरु गरेका छौं, कसैको भविष्य सिध्याउन त होइन, तर पार्टी, जनता र देशको भविष्यका लािग केही कडा कदम चाल्नुपर्ने हुन्छ ।’

याे वा त्याे नभनि अावश्यक परे कडा कदम नै चाल्ने सम्मकाे दुइ अध्यक्ष बीच छलफल भएकाे जानकारी दिदै उहाँले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने बताउनु भयाे ।

अहिले मन्त्रीहरूकाे कामकाे समीक्षा भइरहेकेा र उक्त कार्य सकिएसँगै मन्त्रीहरूकाे हेरफेर र पार्टी बैठकमा छलफलबाट सरकारको समीक्षा र पार्टी एकता टुंग्याउने उहाँकाे भनाइ छ ।स्राेतका अनुसार अहिले मन्त्रीहरू हेरफेर गर्नेमा गृहमन्त्री रामबहादुर थापा वादलकाे नाम चर्चामा छ । उनलाइ हटाउने तयारी भएकाे स्राेत बताउछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ