मन्त्री पोखरेलले किन दिए शेयरधनी नबन्न कर्मचारीलार्इ निर्देशन ?

मन्त्री पोखरेलले किन दिए शेयरधनी नबन्न कर्मचारीलार्इ निर्देशन ?

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौँ, १९ भदौ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिनुभएको छ ।

भक्तपुरस्थित परिषद्को आज अवलोकनका क्रममा मन्त्री पोखरेलले सिटिइभिटीलाई कर्मचारी सेवानिवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिइभिटीअन्तर्गतका निजी संस्थाका मालिक बन्ने गरेको आम जनताको आरोप हटाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले ९५ जना सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । सिटिईभिटीमा ९३२ कर्मचारी छन् । त्यसमध्ये सयभन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । मन्त्री पोखरेलले कर्मचारी दरबन्दीका विषयमा पनि प्रश्न उठाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ