शिलु र आजादलाई कारणसहित उपस्थित गराउन सर्वोच्चको आदेश

शिलु र आजादलाई कारणसहित उपस्थित गराउन सर्वोच्चको आदेश

  • सोमवार, भदौ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

काठमाण्डौ, १८ भदौ ।

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई लिखित जवाफ सहित यहि भदौ २१ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बिन्धी रिट निवेदनमाथि आज सुनुवाई गर्दै अदालतले उनीहरुलाई पक्राउ गर्नुको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

न्यायधिस आनन्दमोहन भट्टराईको एकल ईजलासमा आज भएको बहसपछि सर्वोच्चले लिखित जवाफ सहित बन्दीलाई अदालतमा उपस्थित गराउने सरकारको नाममा आदेश दिएको छ ।

भुजेलको हकमा प्रतिमा भुजेल र केसीको हकमा कृष्णबहादुर विश्कर्माले आइतबार रिट दर्ता गराएका थिए । रिट निवेदनमा दुवै नेतालाई तुरुन्त रिहाईको माग गरिएको छ ।

नेकपाकी नेतृ भुजेललाई हालै काठमाडौंको वनस्थलीबाट गिरफ्तार गरी काभेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेल राखिएको छ भने नेता केसीलाई भक्तपुरबाट गिफ्तार गरी अनुुसन्धानका लागि भन्दै भक्तपुरको जगाती प्रहरी हिरासतमा राखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ