प्रकाण्डको रिहाईको माग गर्दै परेको रिट निवेदनमाथि सर्वोच्चमा बहस जारी, भुजेल र केसीमाथिको बहस पनि आजै

प्रकाण्डको रिहाईको माग गर्दै परेको रिट निवेदनमाथि सर्वोच्चमा बहस जारी, भुजेल र केसीमाथिको बहस पनि आजै

  • सोमवार, भदौ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

१७ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न माग गर्दै परेको बन्दिप्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।

बिनाकारण सरकारले गैरकानूनी तरिकाले गिरफ्तार गरी गैरन्यायिक ढंगले थुनामा राखेको भन्दै प्रकाण्डका भाई बिरेन्द्र बिकले सर्वोच्चमा दायर गरेको निवेदनमाथि अहिले ईजलास नम्बर १ मा बहस जारी छ ।

न्यायधिसद्धय सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा अहिले रिट निवेदकका तर्फबाट बहस जारी छ ।

सवोच्च अदालतले रिहा गरेलगत्तै गत भदौ ७ गते सवोच्च परिसरबाटै बल प्रयोग गरेर प्रहरीले उहाँलाई गिरफ्तार गरेको थियो । लगत्तै उहाँलाई राती नै नुवाकोट पुर्याईएको थियो ।

त्यसलगत्तै प्रकाण्डका भाईले उहाँलाई रिहा गर्न माग गर्दै सवोच्चमा रिट निवेदन दर्त गराउनु भएको थियो ।यसअघि हिजो मात्रै जिल्ला अदालत नुवाकोले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

यसैबीच आजै नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई तत्काल थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि पनि आजै बहस हुनेछ ।

दुबैजनाको ईजलास नम्बर १० मा न्यायधिस आनन्दमोहन भट्टराईको एकल ईजलासमा बहस हुने छ ।

आइतबार दर्ता रिटमा दुवै नेतालाई तुरुन्त रिहाईको माग गरिएको छ । भुजेलको हकमा प्रतिमा भुजेल र केसीको हकमा कृष्णबहादुर विश्कर्माले रिट निवेदन दर्ता गरेका हुन् ।

नेकपाकी नेतृ भुजेललाई हालै काठमाडौंको वनस्थलीबाट गिरफ्तार गरी काभेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेल र नेता केसीलाई भक्तपुरबाट गिफ्तार गरी अनुुसन्धानका लागि भन्दै भक्तपुरको जगाती प्रहरी हिरासतमा राख्दै आएको छ ।

हालसम्म नेकपाका एक स्थायी समिति सदस्य, पाँच पोलिटब्यूरो सदस्य र ६ केन्द्रीय सस्दयलगायत दर्जानौं नेता कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् । नेकपाले आफ्ना नेता कार्यकर्तालाई सरकारले राजनीतिक प्रतिशोधमा झुठा अभियोगमा गिरफ्तार गरी यातना दिई हिरासतमा राखेको भन्दै सबैलाई बिनासर्त रिहा गर्न माग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ