नेकपा पीबीएम भुजेल र सीसीएम केसीको थुनामुक्तका लागि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

नेकपा पीबीएम भुजेल र सीसीएम केसीको थुनामुक्तका लागि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 30K
    SHARES

१७ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य (सीसीएम) टेकबहादुर केसी ‘आजाद’लाई बिनाकारण सरकारले गैरकानूनी तरिकाले गिरफ्तार गरी गैरन्यायिक ढंगले थुनामा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ ।
आइतबार दर्ता रिटमा दुवै नेतालाई तुरुन्त रिहाईको माग गरिएको छ । भुजेलको हकमा प्रतिमा भुजेल र केसीको हकमा कृष्णबहादुर विश्वकर्माले रिट निवेदन दर्ता गरेका हुन् ।

नेकपाकी नेतृ भुजेललाई यही भदौ १२ गते काठमाडौंको वनस्थलीबाट गिरफ्तार गरी काभेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राख्दै आएको छ भने नेता केसीलाई भक्तपुरबाट साउन २२ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत भक्तपुरको आदेशमा रिहा भएलगत्तै यसै हप्ता भक्तपुर प्रहरीले दोस्रोपटक गिफ्तार गरी अनुुसन्धानका लागि भन्दै जगाती प्रहरी हिरासतमा राख्दै आएको छ ।

हालसम्म नेकपाका एक स्थायी समिति सदस्य, पाँच पोलिटब्यूरो सदस्य र ६ केन्द्रीय सस्दयलगायत दर्जानौं नेता कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् । नेकपाले आफ्ना नेता कार्यकर्तालाई सरकारले राजनीतिक प्रतिशोधमा झुठा अभियोगमा गिरफ्तार गरी यातना दिई हिरासतमा राखेको भन्दै सबैलाई बिनासर्त रिहा गर्न माग गर्दै आएको छ ।

रिहाईको माग गर्दै गएको साउन २९ गते नेकपाले नेपाल बन्द कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । तर सरकारले मागप्रति पूर्ण बेवास्ता गर्दै आइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ