कर्मकाण्डी दिवस मनाउनुको अर्थ छैनः ओली

कर्मकाण्डी दिवस मनाउनुको अर्थ छैनः ओली

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालिका बलात्कार जस्ता अपराधिक घटना दिन प्रतिदिन भईरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

समाज डरलाग्दोसँग पतनको दिशामा गएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संस्कारयुक्त जागरण अभियान चलाउन सबैसँग आग्रह गर्नुभयो ।

संविधान दिवस मूल समारोह समितिको बैठकलाई गृह मन्त्रालयमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई पनि विकृति र विसंगतिविरुद्धको अभियानसँगै जोडेर जनस्तरमा लैजान निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले समाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका लागि संविधान महत्वपूर्ण दस्तावेज भएको भन्दै सबै नागरिकले संविधानमा अपनत्व महशूस गर्नुपर्ने बताउनु भयो ।

ओलीले जनताले लडेर ल्याएको संविधान जनस्तरमा मान्ने वातावरण बनाउन निर्देशन दिंदै कर्मकाण्डी दिवस मनाउनुको अर्थ नरहने तर्क गर्नुभयो ।

सरकारले असोज २ देखि ४ दिनसम्म देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । संविधानसभाले २०७२ असोज ३ गते संघीय गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।

यो संविधानसँगै नेपाल संघीय प्रणालीमा गएको छ भने संघीयताको अभ्यास पनि सोही अनुरुप भइरहेको छ ।

तीन तहका सरकारका लागि स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन भई केन्द्रमा संघीय, प्रदेशमा सात वटा प्रदेशस्तरीय र स्थानीय तहमा ७५३ स्थानीय सरकारहरुनिर्माण भई काम भइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ