निर्मला हत्याकाण्डः राजनीतिक तवरमै पहल शुरु, काग्रेसद्धारा प्रचण्डसहितका नेताहरुको ध्यानाकर्षण

निर्मला हत्याकाण्डः राजनीतिक तवरमै पहल शुरु, काग्रेसद्धारा प्रचण्डसहितका नेताहरुको ध्यानाकर्षण

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

काठमाण्डौ, १७ भदौ ।

कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन प्रभावकारी बनाउन राजनीतिक तवरमै पहल शुरु भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले घटनाको अनुसन्धान प्रभावकारी हुन नसकेको तथा तथ्य लुकाउने प्रयास भएको भन्दै घटनाको स्थलगत अध्यनका लागि समिति नै गठन गरेको छ ।

पन्तको बलात्कारपछि हत्या भएको १ महिनासम्मपनि अनुसन्धान पुरा हुन नसकेपछि आज काग्रेसले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुलाई ध्यानाकर्षण गराएको छ ।

पार्टीका तर्फबाट घटनाको स्थलगत अध्यनका लागि सांसद दिलेन्द्र प्रसाद बडु संयोजकत्वमा काग्रेसले गठन गरेको टोलीले नेकपाका दाहालसँग आज विहान छलफल गरेको हो ।

निर्मला पन्तको बलत्कार र हत्यापछि कञ्चनपुरको स्थिति बिग्रदै गएकाले अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन र वास्तविक दोषी पत्ता लगाउन सत्तारुढ दलका अध्यक्षको हैसियतमा दाहालसँग आग्रह गरिएको कंग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

निर्मलाको गत साउन ११ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध जनाएपछि अहिले केन्द्रीय अनुसन्धान टोली परिचालन गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको अभिभावकले समेत दोषी पत्ता लाग्नेमा आशंका व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ