गृहमन्त्री वादलबिरुद्ध ठुला मिडियाद्धारा प्रहार सुरु, प्रकाण्ड पक्राउको पनि बिरोधः हेर्नुहोस् हिमाल र नेपालको कभर स्टोरी

गृहमन्त्री वादलबिरुद्ध ठुला मिडियाद्धारा प्रहार सुरु, प्रकाण्ड पक्राउको पनि बिरोधः हेर्नुहोस् हिमाल र नेपालको कभर स्टोरी

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 35.9K
    SHARES

काठमाण्डौ, १७ भदौ ।

गृहमन्त्री रामबहादुर थापा बादल बिरुद्ध नेपालका ठुला मिडियाहरुले प्रहरा सुरु गरेका छन् । कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल साप्ताहिक र हिमाल मिडिया प्रा.लि.को हिमाल खबर पत्रिकाले गृह मन्त्री थापालाई ‘प्रहार’ गरेर स्टोरी लेखेका छन् ।

आजका हिमाल साप्ताहिक खबर पत्रिका र नेपाल राष्ट्रिय साीताहिकले गृहमन्त्री बादलको कार्यशैलीका बारेमा ठुलो प्रहार गरेका छन् ।

हिमालमा अब्यवस्था मन्त्री , देशमा कानुनी राजको प्रत्याभूति गराउने गृह मन्त्रालय विधि र व्यावस्थासँगै दुईतिहाई बहुमप्राप्त सरकारमाथि समेत संकट बन्न थालेको छ । भनेर आजको मुख्य कभर स्टोरी नै बनाएको छ ।

यस्तै नेपालले पनि बादलको वितण्डा, गृहमन्त्रीको स्वेच्छाचारी कार्यशैलीले सरकार रक्षात्मक बन्दै भनेर कभर स्टोरी बनाएको छ ।

बर्बादिको सुत्रधार भनेर नेपाल राष्ट्रिय मासिककले पहिलो पेजमै गृहमन्त्री बादलको तस्विर राखेर विशेष स्टोरी भने १८ पेजमा छापिएको छ ।स्वेच्छाचारी गतिविधि अपरिपक्क नेतृत्व शिर्षकमा ।

गल्तिका श्रृखलालाई यसरी उल्लेख गरिएको छ

१ वरिष्ठ सर्वन भोजराज अधिकारी मेडिकल ईथिक्स विपरित अपागंता सिफारिस गर्न दबाब

२ विप्लव नेतृत्वको पार्टी नेकपाकाका प्रवक्ता प्रकाण्डलाई सवोच्च्चले थुनामुक्त गरेलगत्तै पुनः पक्राउ

३ बहिर्गमित लडाकु लेनिन विष्टलाई विमानस्थलमा रोक ।

गृहमन्त्री थापाको सचिवालय पनि तालमेलबीनाको रहेको जनाईएको छ ।

यस्तै
‘गृह शासन’ को जगजगी शिर्षकमा तयार गरिएको हिमालको आवरण स्टोरीमा भनिएको छ, देशमा कानुनको शासन प्रत्याभूति गराउने अहम् जिम्मेवारीमा हुन्छ, गृह मन्त्रालय । गृहमन्त्री रामबहादुर थापाले नेतृत्व सम्हालेपछिका श्रृखलाबद्ध कदमहरुले देखाउँछन्, यो मन्त्रालय विधि र व्यावस्थासँगै दुईतिहाई बहुमतप्राप्त सरकारमाथि नै संकट बन्दै छ ।

हिमालले आफ्नो सम्पादकीयमा समेत गृहलाई बिधिमा राख शिर्षकमा तयार पारेको छ ।

बादलले विधि र व्यावस्थाको उपहास गरेको भन्दै उनका कमजोरी यसरी औल्याईएको छ ।

१ कन्चनपुर घटनामा (निर्मला पन्तको बलत्कारपछि हत्या) पिडितप्रति हदैसम्मको वेवास्था

२ मन्त्री हुनासाथ अपराधि र गुण्डागर्दि सिध्याउने भन्दै प्रहरी अधिकृतहरुलाई उग्र भाषण गर्न प्रोत्साहन

३ भक्तपुरमा बालक अपहरण हत्याको आरोपमा पक्राउ परेका दुई जना मजदुरलाई जंगलमा लगेर फेक ईन्काउन्टर गर्ने प्रहरीको बचाउन फेक ईन्काण्टर

४ बिरोध प्रदर्शन बन्देज लगाउन माईतिघर लगायत देशभरका थुप्रै स्थानलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा

५ निर्माण व्यावसायीलाई पक्रेर थुन्ने श्रृखला तिब्र

६ ट्रमा सेन्टरका डाक्टर भोजराज अधिकारीलाई गृहमन्त्रालय ल्याएर आफुले भने अनुसारको स्वास्थ्य परीक्षण प्रमाणपत्र बनाउन दबाब ।

७ बिदेश उड्न लागेका पूर्व बहिर्गमित लडाकु लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता ।

८ प्रहरी बढुवा र सुरुवामा मनपरि ।

९ ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रहरीको जिम्मेवारी खोसेर आफै सवैसर्वा ।

समाचारमा लेखिएको छ, नक्सालस्थित प्रहरी प्रधान कार्यलयका कतिपय अधिकृतहरु अनौपचारीक भेटघाटमा भन्ने गर्छन् अहिले नेपाल प्रहरीको प्रमुख आईजीपिसा,ब हो कि गृमन्त्रीज्यू ? छुट्याउनै गाह«ो भो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ