श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

बुटवल, १६ भदौ

श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो ।
लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन पश्चात् मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि आयोजित विशेष कार्यक्रममा राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्य सिंहाले बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको घोषणा गर्नुभएको हो ।
यसअघि श्रीलङ्काका राष्ट्रपति सिरिसेनाको सम्मानमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटक आउने भारत र चीनपछि श्रीलङ्काली भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा ५० हजार पर्यटक नेपाल आएको जानकारी दिनुभयो ।

नेपाल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सम्पर्क नहुँदा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा अझै उल्लेख्य वृद्धि हुन नसकेको उल्लेख गर्दै उहाँले अर्को वर्षबाट सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि दुई देशको जनताबीचको सम्बन्ध विस्तार र लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री अधिकारीले गत वर्ष दुई देशबीचको मैत्रीसम्बन्धको ६० वर्ष पूरा हुने उल्लेख गर्दै सन् १९९९ मा दुई देशबीच भएको सांस्कृतिक सम्झौताले सामाजिक एवं साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुगेको स्मरण गर्नुभयो ।
पर्यटनमन्त्री अधिकारीले सन् २०१५ मा गएको भुकम्पबाट क्षति भएको रातो मच्छिन्द्रनाथ, स्वयम्भुस्थित बुङमति विहार र आनन्दकुटी विहारका पुनः निर्माणमा श्रीलङ्का सरकारले सहयोग गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

श्रीलङ्का सरकारले यसअघि लुम्बिनीको विकासमा लुम्बिनीको विहार क्षेत्र अन्तर्गत मुख्य ४ नं गेटबाट श्रीलङ्का बौद्ध विहार पुग्ने सडक निर्माणमा लगानी गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई बताउनुभयो ।

उहाँले श्रीलङ्का सरकारबाट गुरुयोजना पूरा गर्न राष्ट्रपतिका तर्फबाट नै भएको घोषणाले उत्साहित बनाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ