फुटाउन जस्तो सजिलो छैन पार्टी एकिकरण: भट्टराई

फुटाउन जस्तो सजिलो छैन पार्टी एकिकरण: भट्टराई

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ, १६ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पार्टी विभाजन जस्तो सजिलो एकता ब्यवस्थापन नभएको बताउनुभएको छ ।

ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले भन्नुभयो बिभाजन जस्तो एकता सहज छैन, ‘ब्यक्तिका भावना, अपेक्षा, सिद्धान्त सबै कुरा मिल्नुपर्छ, हामी यी सबै कुरा मिलाएर यही महिनाको मसान्त सम्ममा टुग्याइसक्छौं,’

‘बाहिर हल्ला भएजस्तो एमाले र माओवादीबीच भागबण्डा नभएको भन्दै उहाँले योग्यतम हरुलाई जिम्मेवारी दिईने बताउनु भयो ।

भदौ मसान्त सम्ममा विभागीय कमिटीहरुको केन्द्रीय समिति पनि टुंगो लाग्ने उहाँको भनाई छ ।
भट्टराईका अनुसार प्रेश संगठन एकतापछिको पहिलो पत्रकार सम्मेलन ताप्लेजुङमा भएको हो । तर जिल्ला संगठन भने एक भइसकेको छैन

उहाँले सरकार म्याराथनको गतिमा दौडिरहेको पनि बताउनु भयो ।

कहाँ पुग्नु छ र कति समय लाग्छ भन्ने योजना सहित सरकार दौडिएरहेको नेता भट्टराईको भनाई थियो ।

सरकारका बारेमा धेरै सार्वजनिक प्रश्न उठेको भन्दै उहाँले यस्ता टिप्पणीले सरकारलाई झक्झक्याउँने पनि धारणा राख्नुभयो ।

पाँच वर्षको समयलाई दृष्टिगत गरेर काम गरेको दाबी गर्दै सय मिटर दौडनु जस्तो हतारमा दौडनु नपरेको उहाँको भनाई थियो ।
भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गर्दै उत्तर र दक्षीणका छिमेकीसँगको सम्बन्ध सुधारेको दाबी गर्नुभयो ।

‘कहिले र उत्तर र दक्षिण भनेर चर्चा हुन्थ्यो चीनसँग मित्रता छँदै थियो, भारतसँगको पनि सुमधुर भएको छ,’ उहाँले भन्नुभयो, ‘रक्सौल, काठमाडौं रेलमार्ग एक वर्षमा सक्ने गरीको सम्झौता भएको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ