नेताहरुको चाकडि र व्याक्ति पूजा नछाडे कांग्रेसको अस्थित्व संकटमा पर्छः सिंह

नेताहरुको चाकडि र व्याक्ति पूजा नछाडे कांग्रेसको अस्थित्व संकटमा पर्छः सिंह

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.2K
    SHARES

काठमाण्डौ, १६ भदौ ।

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले भाषण गरेर मुलुकमा सम्बृद्धि नआउने तर्क गर्नुभएको छ ।
कांग्रेस चन्द्रागिरि नगर समिति काठमाडौले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनतालाई ठुला सपना देखाएर भाषण गर्दैमा मुलुकको बिकास सम्भव नभएको भन्दै प्रधानमन्त्रीलाई काम गरेर देखाउन सुझाव दिनुभयो ।

सरकारले चर्चामा आउन ठुल्ठुला सपना बाडेपनि नागरिकको जिउधनको सुरक्षा गर्न समेत चुकेको आरोप लगाउदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफ गर्नुभन्दा काम गरेर देखाउन सुझाउनु भयो ।

अहिले मुलुकमा बलत्कार, हत्या, हिंसा जस्ता घटनाहरु दिनप्रतिदिन बढीरहदा समेत सरकार दोषिालाई कार्वाहि गर्न चुकेको बताउनु भयो ।

अपराधिक गतिबिधमा संलग्नहरुलाई अनसन्धान गरि कार्वाहि गर्नुको साटो भाषण गर्ने र न्याय माग्ने जनतामाथि उल्टै दमन गर्ने कार्य भईरहेको पनि उहाँले बताउनु भयो ।

नेता सिंहले दिनानुदिन महङ्गि बडिरहेको, जताततै कालोबजारि मौलाएकै कारण जनताको दैनिकी कष्ठकर हुँदा समेत केहि नभएजस्तो गरि सरकार कानमा तेल हालेर बसेको बताउनु भयो ।

फरक प्रसंगमा बोल्दै उहाँले कांग्रेसको अहिलेको नेतत्रृत्व बाट पाटि सुधार हुन नसक्ने ठोकुवा समेत गर्नुभयो । उहाँले अब सबल प्रतिपक्षीको भुमिका निभाउन र जनताको बिस्वास जित्न पार्टी भित्रै आमुल परिवर्तनको आवश्यक्ता रहेको बताउनु भयो ।

पार्टीलाई कमजोर र धरासायी बनाउने नेताहरुको चाकडि गर्न छोडेर एक नम्बर पार्टी बनाउनका लागि नेता कार्यकर्ता आफैले सुधारको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले सतारुण दलहरु बहुमतको दम्ब देखाए मनपरि गर्दै अघि बढेका बेला काग्रेस पनि बिधिबिधान बाट नचल्ने, कार्यकर्ता हरु बिचार छाडेर ब्याक्तिको पुजागर्न लाग्ने हो भने मुलुक अस्थिरता तिर जाने उहाँको भनाई थियो ।

अब पनि कार्यकर्ताको चेत नखुले पार्टिको अस्थित्व संकटमा पर्ने भएकाले जिम्मेवार बन्न उहाँको आग्रह छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ