काठमाडौं, भाद्र १६ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुरु गरेको छ ।
विमानस्थलले आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजेदेखि नै खुला गरेको हो । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको समयमा २ घण्टा ३० मिनेट थप्दै २१ घण्टा अर्थात बिहान ६ देखि राति ३ बजेसम्म र्पुयाएको थियो । योसँगै आजबाट बिमानस्थल २२ घण्टा सञ्चालनमा रहनेछ ।
चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले आन्तरिक सेवालाई ५ बजेदेखि सुरु गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।
सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच सम्पन्न भएपछि आन्तरिक उडान भने साढे ५ बजेदेखि सुरु हुनेछन् । यसअघि बिहान ६ बजे विमानस्थल खुला भएपनि उडान साढे ६ बजे पछि मात्रै सुरु गर्ने गरिएको थियो ।
यसैबीच नेपालमा सवैभन्दा धेरै अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको कतार एयरले आजदेखि थप १ उडान थप्दैछ ।
दोहा–काठमाडौंमा दैनिक ५ वटा उडान भर्दै ओएको कम्पनीको थिपएको विमान आज राती १ वजे काठमाडौं आउँदैछ ।