प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षी सिरीसेना भेटवार्ता हुँदै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष स्वदेश फिर्ता

प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षी सिरीसेना भेटवार्ता हुँदै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष स्वदेश फिर्ता

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

काठमाडौं, १६ भदौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज प्रधानमन्त्री केपी ओलीसँग आज द्धिपक्षिय भेटवार्ता गर्दैहुनुहुन्छ ।

भेटका क्रममा नेपाल र श्रीलंकाबीच कुटनीति अध्ययन मामिला सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको परराष्ट्र मामिला अध्ययन केन्द्र र श्रीलंकाको बन्दरानायके ईन्स्टीच्युट अझ ईन्टरनेशनल स्टडिजबीच कुटनितिक मामिला अध्ययनका लागि सहकार्य गर्ने सहमती हुनेछ ।

त्यसअघि राष्ट्रपति सिरीसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । बिहान साढे ९ बजे चार्टर विमानमा काठमाडौंबाट गौतमबुद्ध विमानस्थल भैरहवा जानुभएका सिरिसेनाले लुम्विनीस्थित मायादेवी मन्दिरमा पुजा गर्नुभएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउनुभएका राष्ट्रपति सिरिसेनाले लुम्बिनि क्षेत्रभित्र श्रीलंकाले निर्माण गरेको बौद्ध विहारमा पुजा र ध्यान गर्ने कार्यक्रम छ ।

सो क्रममा राष्ट्रपतिलाई लुम्बिनीको महत्व र लुम्बिनी गुरुयोजनाका बारेमा जानाकारी गराइने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताउनुभयो ।

सिरिसेनाको स्वागतका लागी पर्यटनमन्त्री रविन्द्र अधिकार विहानै भैरहवा पुग्नु भएको थियो । राष्ट्रपतिको भ्रमणका कारण रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

सम्मेलनका लागी बुधबार काठमाडौं आउनुभएका राष्ट्रपति सिरिसेना भोली स्वदेश फर्कनुहुनेछ ।

यसैबीच, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक आज स्वदेश फर्कनु भएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका वाङचुक हिजो नै लुम्बीनी पुगेर आज स्वदेश फर्कनु भएको हो ।

उहाँ फर्कर्ने क्रममा आज बिहान साढे ८ बजेपछि केहिबेर विमानस्थलबाट हुने सबै उडान र अवतरण बन्द भएका थिए ।

सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान व चा हिजो नै स्वदेश फर्कनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ