१४ भदौ, काठमाडौं ।
बुधबार साँझ गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमाण्डअन्तर्गत मेची ब्यूरो र कोशी ब्यूरो अन्तर्गत विभिन्न जिल्लाका इन्चार्ज, सेक्रेटरीसहित एक दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तार परेका छन् ।
उनीहरु बुधबार साँझ झापाको सीमानामा पर्ने इलामको सिद्धिखोला दोभानबाट झापा जिल्ला इन्चार्ज आर्जुन आचार्यसहित १२ जना गिरफ्तार परेका हुन् । पार्टीको कामको सिलसिलामा रहेको बेला प्रहरीले गिरफ्तार गरिएको नेकपाले जनाएको छ ।
गिरफ्तार पर्नेहरुमा झापा सेक्रेटरी सुमनसिंह पौडेल, ‘सौगात’, झापा एरिया सदस्य एकजना, मेची ब्युरो सदस्य तारा थापा, ईलामाका जिल्ला सदस्य मोहन बराल, इलामकै एरिया सदस्यहरु देबकुमार राई, सञ्जय राई रहेका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सञ्जय राई, मजदुर नेता समन लाल माझी, मजदुरका जिल्ला सदस्य चित्र बिक, नेकपा जनपरिषद ईलामका जिल्ला कमिटी सदस्य होम बराल, ईलाम ईन्चार्ज लक्ष्मी याक्खा र इलामकै अर्का एक जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार सबैलाई बिहीबार बिहान इलाम सदरमुकाम पुर्याइएको छ । अन्य पूर्व कमाण्डका अन्य केही नेतालाई समेत गिरफ्तार गरेको स्रोतको दाबी छ । उनीहरुको नाम भने खुल्न सकेको छैन ।
नेकपाको पूर्वी कमाण्डअन्तर्गत भदौ १ गतेदेखि आगामी आसोज १५ गतेसम्म ४५ दिने एकीकृत जनजागरण अभियान चलाइरहेको बेला मेची ब्यूरोका नेताहरुलाई सरकारले गिरफ्तार गरेको हो ।
उनीहरुलाई बिनाकारण झुठा आरोपमा गिरफ्तार गरेको भन्दै गिरफ्तारको भत्सर्ना गर्दै निसर्त अविलम्ब रिहा गर्न माग नेकपाले गरेको छ । रिहा नगरिए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि नेकपाले दिएको छ ।
यसअघि प्रकाशित समाचारमा नेकपाको मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बू पनि गिरफ्तारबारे थप समाचारमा हालसम्म लिम्बू सम्पर्कमा नआएको नेकपा पूर्वी कमाण्डले जनाएको छ भने सुरक्षा अधिकारीहरुले समेत उनको गिरफ्तारीको पुष्टि गरेका छैनन् ।