प्रधानमन्त्री ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौ, भदौ १४ ।
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी समकक्षी शेख हसिनाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सोल्टी होटलमा भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हसिना बिम्स्टेकको चौथो शीखर सम्मेलनमा सहभागी हुन आज विहान साढे ९ बजे काठमाडौं आउनु भएको हो ।

बिमस्टेकका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आइसकेका छन् । बिम्स्टेक सम्मेलनको उदघाटन प्रधानमन्त्री ओलीले अपरान्ह सोल्टी होटलमा गर्ने कार्यक्रम छ ।

त्यसअघि बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ