१४ भदौ, भक्तपुर ।
नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला सचिवालयका दुई सदस्यलाई प्रहरीले गिरफ्तार गरेको घटनाको नेकपा भक्तपुरले घोर भत्सर्ना गरेको छ ।
सूर्यविनायक चोकबाट आफ्नो डेरामा फर्कने क्रममा बुधबार साँझ ७ बजे सचिवालय सदस्य ध्रुव किराँती र गुमुरा राईलाई प्रहरीले गिरफ्तार गरेपछि नेकपा भक्तपुरले आक्रोश व्यक्त गर्दै गिरफ्तार किराँती र राईको बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ ।
बुधबार साँझ नेकपा भक्तपुरका सेक्रेटरी लालकिरणले एक प्रेस विज्ञप्ति जारी गरेर जिल्ला पार्टी कमिटीका सचिवालय सदस्यद्वालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
सरकारले फासीवादी हर्कत देखाएर नेताहरुलाई गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने रवैया अपनाएको सक्रेटरी लालकिरणले जारी विज्ञप्तिमा बताएका छन् । माग पूरा नभए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
भक्तपुर जिल्ला सचिवालय सदस्य धु्रव किराती र गुमुरा राईलाई आफ्नो डेरा फर्कने क्रममा सूर्यविनायकबाट दलाल प्रशासनको आदेशमा प्रहरीले बिनाकारण अमानवीय र ज्यादाति ढंगले गिरप्mतार गरेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ‘दुवै जनालाई रिहाईका लागि जोडदार मार्ग गर्दछौं । अन्यथा जनताको प्रतिरोधपश्चात उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं दलाल सरकार हुनेछ ।’
यसअघि नै भक्तपुर जिल्लाका ईन्चार्ज टेकबहादुर केसी ‘आजाद’ लाई गिरफ्तार गरी जगाती प्रहरी हिरासतमा राखिराखेको छ भने सेक्रेटरी कुशल बोगटीलाई मध्यपुर ठिमी नगरपालिका मेयरमाथि आक्रमणको अभियोगमा सदरखोर कारागार डिल्लीबजारमा राखिएको छ ।