प्रतिनिधिसभा बैठकै रोकेर विदेश भ्रमणमा जाँदै सभामुख महरा, १५ विधेयक अलपत्र

प्रतिनिधिसभा बैठकै रोकेर विदेश भ्रमणमा जाँदै सभामुख महरा, १५ विधेयक अलपत्र

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, भदौ १४ । मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् ।

‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ ।

सभामुखको निजी सचिवालयले महरा चीन जान लागेको पुष्टि गरेको छ ।

असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसदले पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ । जबकि बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ । –कान्तिपुर दैनिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ