नेकपा भक्तपुरका दुई नेता गिरफ्तार

नेकपा भक्तपुरका दुई नेता गिरफ्तार

सेक्रेटरी लालकिरणद्वारा अविलम्ब रिहाईको माग

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

१३ भदौ, भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टीको भक्तपुर जिल्ला कमिटी सचिवालयका दुई सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्नो डेरातर्फ आइरहेको बेला सूर्यविनायक चोकबाट हिजो मंगलबार साँझ करिब ७ बजे सचिवालय सदस्य धु्रव किराँती र गुमुरा राईलाई सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तारपछि करिब १५ घण्टासम्म बेपत्ता बनाई मंगलबार बिहान मात्र सार्वजनिक गरिएको थियो । आजै भक्तपुर जिल्ला अदालतमा पेश गरेर म्याद थप गरिएको छ ।

डेरा फर्कदै गरेको अवस्थामा बिनाकारण सचिवालय सदस्य एवं जिल्ला नेताद्वय किराँती र राईलाई सरकारले गिरफ्तार गरी लामो समयसम्म अवस्था अज्ञात राखेको भन्दै भक्तपुरका सेक्रेटरी लालकिरणले आपत्ति जनाएका छन् ।

‘हाम्रो संगठनको सचिवलाय सदस्यसमेत रहेका जिल्ला नेताद्वय धु्रव किराँती र गुमुरा राई दलाल सरकारले बिनाकारण गिरफ्तार गरेर बेपत्ता पार्ने कोशिस गरेको छ, जसको जिल्ला पार्टी भक्तपुर घोरभत्सर्ना गर्दछ’ सेक्रेटरी लालकिरणले भने । गिरफ्तारपछि दुवै जनालाई चरम यातना दिएको र घरपरिवारलाई समेत भेट गर्न नदिइएको भन्दै सरकार र प्रशासनको रवैयाप्रति उनले खेद व्यक्त गरे ।

साथै उनले गिरफ्तार दुई जनालाई निसर्त अविलम्ब रिहा गर्न र नागरिकको राजनीतिक अधिकारमाथिको दमन बन्द गर्न सरकारलाई चेतावनी समेत दिएका छन् । रिहाई नगरिए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसपछि उत्पन्न परिणामको जिम्मेवार सरकार स्वयं हुने उनले बताएका छन् ।

किराती र राईलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ